चितवनः खैरहनी नगरपालिकाका प्रमुख शशी खनियाले पद तथा गोपनियताको सपथ लिए संगै छोरी बुहारी पढाउँ अघि बढाउँ अभियानको निर्णय गर्नु भएको छ । कार्यभार सम्माले संगै उहाँले पहिलो निर्णय गर्नु भएको हो । प्रमुखको कार्यभार समालेका खनियाको अध्यक्षतामा बसको पहिलो कार्यपालिका बैठकले छोरी बुहारी पढाउ अगाडी बढाउ अभियानको सुरुवात गरेको छ । बैठकले नगर भित्रका सामुदायीक बिद्यालय, सार्वजनिक कलेज तथा क्यामपसमा अध्यनरत थारु, दलित, अपाङ्ग, अल्पसंख्यक तथा बिपन्न छात्राहरुको शिक्षामा पहुच गर्न स्नातक तह समुहको अध्ययनमा सहयोग पुग्ने गरि कोषको स्थापना गर्ने नियर्ण गरेको छ । कार्यपालिकाको बैठकले नियम अनुसार छात्रबृति कार्यक्रममा परेका छात्राहरु बाहेक उक्त समुहका अन्य छात्राहरुलाई उच्च शिक्षा सम्मको अध्ययन पुरा गर्न लाग्ने रकम कोष मार्फत बिद्यार्थीलाई प्रंधान गर्ने निर्णय गरेको हो । उक्त कार्यक्रम आर्थिक बर्ष ०७९÷०८० माफर्त लागु हुनेछ ।
जिल्ला न्यायधिस प्रकाश कुमार अधिकारी मार्फत खनियाले सपथ लिएसँगै आजैबाट कार्यभार सम्हाल्नु भएको हो । बैशाख ३० मा भएको निर्वाचनमा नेकपा एमालेका नेता तथा खैरहनी नगरपालिकाका निर्बतमान प्रमुख लालमणि चौधरीलाई पराजित गर्दै खनिया प्रमुख बन्नुभएको हो । खनियाले सपथ लिएसँगै शुक्रबार उपप्रमुख कबिता उप्रेतीसँगै सबै वडा अध्यक्ष तथा सदस्यहरुलाई सपथ खुवाउनुभएको थियो । सपथ ग्रहण लगतै सबै वडा अध्यषहरु आ–आफ्नो कार्यक्षेत्रमा खटिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !