चितवनः उन्नत लोकतन्त्र पार्टीले आसन्न स्थानीय निर्वाचनका लागि चुनावी अभियानलाई तिब्र बनाएको छ । यसै क्रममा आज भरतपुर महानगरपालिका वडा नम्बर १४ मा घरदैलो अभियान गरेको हो ।
प्रचण्डको वडा समेत रहेकाले सो वडामा बिशेष केन्द्रित भएर घरदैलो कार्यक्रम गरिएको पार्टीका सचिब हरि प्रसाद न्यौपानले बताउनुभयो । पार्टीबाट महानगर प्रमुखमा उम्मेदवारी दिनु भएका दिपेन्द्र बास्तो सहितको टोलीलले घरदैलो कार्यक्रम गरेको हो । घरदैलो कार्यक्रममा क्रममा स्थानीयले सुकुम्बासी समसया समाधान हुन नसकेको भन्दै गुासो गरेका थिए । घरदैलोका क्रममा स्थानीयले भूमिहिनलाई लालपुर्जा र आबास बिहिनलाई बास्वस्थानको व्यवस्था गर्न समेत आग्रह गरेका थिए ।
वडा नम्बर १४ को हनुमान नगर, भिमशेन नगर, सुन्दरबस्ति, पकौडी, बरौजी, शान्तिपुर लगाएतका क्षेत्रमा घरदैलो कार्यक्रममा यस पालि मत परिवर्तन गर्न अनुरोध गरिएको न्यौपानेले बताउनुभयो । माओवादीका केन्द्रिय अध्यक्ष समेत रहनु भएका प्रचण्डको वडामा गरिएको घरदैलोका क्रममा कक्षा १२ सम्म निशिुल्क शिक्ष, स्वास्थ्य निशुल्क, खानेपानी सहित बिजुली समेत निशुल्क गराउने उम्मेदवारलाई मतदान गर्न समेत आग्रह गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !