काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आधिकारिक फेशबुक पेजबाट बुधबार बिहान एकाएक पार्टीको चुनाव प्रचार सामग्री सार्वजनिक भयो ।

‘क प्रचण्ड’ नामको आधिकारिक पेजमा सार्वजनिक भएको चुनाव प्रचार सामग्रीको क्याप्सनमा ‘लोडसेडिङ अन्त्य एउटा फड्को अब पालो निशुल्क बिजुलीको’ लेखिएको थियो ।

सामग्रीमा अध्यक्ष प्रचण्डसहित नेता जनार्दन शर्मा र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बीरसमेत थियो । तर उक्त तस्बीर अहिले हटाइएको छ । उक्त सामग्री सार्वजनिक भएपछि विभिन्न सञ्चार माध्यमका साथै आम सर्वसाधारणले माओवादीको व्यापक आलोचना गरेका थिए ।

जसमा माओवादीलाई भोट हाल्न समेत आग्रह गरिएको थियो । निर्वाचन आयोगले निर्वाचन आचारसंहितामा कुनै पनि कर्मचारीको तस्बीर राख्ना कुनैपनि दललाई मनाहि भनेर उल्लेख गरेको छ । उता कुलमान घिसिङले पनि आफूले तस्बीर नराख्न आग्रह गर्दा गर्दैपनि राखिएको भन्दै विमत्ति जनाएका थिए ।

माओवादी केन्द्रले पुन: सार्वजनिक गरेको चुनावी प्रचार समग्रीमा अध्यक्ष प्रचण्डाको मात्रै तस्बीर राखेको छ ।

प्रतिक्रिया दिनुहोस !