चितवनः तमु ह्युल छोज धी गुरुङ् राष्ट्रिय परिषदको राष्ट्रिय चौथो महाधिबेशन चितवनमा हुने भएको छ । यही चैत २८ र २९ गते भरतपुरको चितवन मिट टाउन होटलमा महाधिबेशन हुन लागेको हो ।
महाधिबेशनका लागि तयारी तिब्र पारिएको छ । परिषदका बरिष्ठ उपाध्यक्ष कणबहादुर गुरुङ्का अनुसार ६५ जिल्लाबाट ८ सय ५० जना प्रतिनिधिहरु महाधिबेशनमा सहभागी हुने छन् । प्रतिनिधि परिवेक्षक गरि १ हजार दुई जनाको सहभागीता रहने सो महाधिबेशनले ७९ सदस्यिय नयाँ कार्यसमिति चयन गर्ने छ ।
अधिबेशनका लागि स्थानको तय भई सकेको भन्दै उहाँले अब तयारीलाई तिब्र पारिने बताउनुभयो ।







