चितवनः भरतपुर महानगरपालिका वडा नम्बर २ मा बिभिन्न पार्टी परित्याग गरी ४५ जना नेपाली काँग्रेसमा प्रबेश गर्नु भएको छ । पछिल्लो समय देशमा देखिएको राजनैतिक अस्थिरता अन्त्यका लागि नेकपा एमाले र माओवादी पार्टी परित्याग गरि उनीहरु काँग्रेसमा प्रबेश गरेका हुन ।
काँग्रेस चिवनको घरघर जाउँ काँग्रेस जिताऔं अभियान अन्तर्गत वडा नम्बर दुईमा आज भएको कार्यक्रममा उनीहरु पार्टी प्रबेश गरेका हुन । पार्टी प्रबेश गर्नेहरुलाई नेपाली काँग्रेसका पूर्ब जिल्ला उपसभापति ऋषिराम पाण्डेले पाटी प्रबेश गराउनु भएको हो । सो अबसरमा बोल्दै पाण्डेले पछिल्लो समयमा काँग्रेसकै कारण देश दुर्घटना हुनबाट बाँचेको बताउनुभयो । देशलाई हरेक आबश्यक पर्दा काँङ्ग्रेले निर्णयक भूमिका खेल्ने गरेको उहाँले बताउनुभयो ।
नेपाली काँग्रेस वडा नम्बर २ का वडा सभापति मनोज रानाभाटले अहिलेको समयमा काँग्रेस प्रतिको आकर्षण बढ्नुले स्थानिय निर्वाचन देखि हरेक निर्वाचनमा काँग्रेस बलियो बन्दै गएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !