चितवनः नेपाली सेनाको गाडीले ठक्कर दिदा दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार जागृती चोकबाट भरतपुर अस्पताल तर्फ आउदै गरेको स्कुटरलाई केन्द्रीय बस पार्कबाट आँपटारी तर्फ जादै गरेको लु १ ग २३८ नम्बरको गाडीले बागमती प्रदेश०६–०१प १४१८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
सेनाको गाडीको ठक्करबाट भरतपुर महानगरपालिका वडा नम्बर ११ कि ३४ बषिया पुनम श्रेष्ठ,दर ४५ बषिया हेमा श्रेष्ठ रहेका छन् । घाईते दुवैको पुरानो मेडिकल कलेजमा उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस !