चितवनः नेपाली कांग्रेसबाट माओवादी केन्द्रमा प्रवेश गरेका इच्छाकामना ६ कालीखोलाका रेशम गुरुङ २४ घण्टा भित्रै पुनः कांग्रेसमै फर्केका छन् ।

सोमबारमात्र माओवादी केन्द्रमा प्रवेश गरेका गुरुङ मंगलबार नै कांग्रेसमै फर्किएका हुन् ।
गाउँपालिका अध्यक्ष समेत रहनुभएका कांग्रेस महासमिति सदस्य गीता कुमारी गुरुङ, इच्छाकामनाका पूर्व संयोजक विष्णु कुँवर, नेपाली कांग्रेस चितवन क्षेत्र नम्बर २ क का क्षेत्रिय सचिव कुमबहादुर गुरुङ, इच्छाकामनाका सचिव तुलबहादुर गुरुङ, युवा नेता विराज गुरुङ, वडा नम्बर ५ का सभापति राजेन्द्र त्रिपाठीलगायतको उपस्थितिमा उनी कांग्रेसमै फर्किएका हुन् । माओवादीमा गएका गुरुङ् पछिल्लो समय माओवादीले गरेका कामहरु प्रति आत्मग्लानी भकाले पुनः काँग्रेसमा फर्किएका हुन । पार्टी प्रबेश गरेको २४ घण्टा भित्र नहुँदै उनी काँग्रेसमा फर्किएका हुन् ।

प्रतिक्रिया दिनुहोस !