चितवनः विश्व हिन्दु युवा संघको राष्ट्रिय सम्मेलन चितवनमा हुने भएको छ । विश्व हिन्दु युवा संघ चितवनका अध्यक्ष एबं सम्मेलन व्यवस्थापन समितिका संयोजक घनश्याम पौडेल“श्याम”का अनुसार यही फागुन ८ गते देखि १० गते सम्म सम्मेलन गर्न लागिएको हो ।
भरतपुर महानगरपालिका वडा नम्बर १ मा रहेको बागेश्वरी आश्रममा सम्मेलन हुने छ । उहाँका अनुसार देशभरबाट ७१ जिल्लाका प्रतिनिधिहरु सम्मेलनमा सहभागी हुने छन् । सात सय भन्दा वढि प्रतिनिधि परिवेक्षक सहभागी हुने सो सम्मेलनले हिन्दु राज्य स्थापनाका लागि संघर्ष, पञ्चभाषा विश्वविद्यालय स्थापनाका लागि पहल गर्ने र गाँजा खेतीका सम्बन्धमा छलफल हुने आयोजकले जनाएको छ । सम्मेलनको तयारीका लागि केन्द्रिय अध्यक्ष सहितको ऋषिकेषजंग शाह, केन्द्रिय सदस्य सहितको टोली चितवन आएको छ ।
कार्यक्रम हुने स्थलको निरिक्षण, व्यवस्थापकिय क्षेत्रको अध्ययनका लागि टोलि चितवन आएको हो । सम्मेलन सम्पन्न गर्न रु ७ लाख लाग्ने अनुमान गरिएको छ ।






