चितवनः चितवन राष्ट्रिय निकुञ्जको बाघमाारा पोष्ट नजिकै काभ्रेताल छेउमा बच्चा गैंडा मृत फेला परेको छ । निकुञ्जले बाघको आक्रमणबाट गैंडा मरेको जनाएको छ ।
निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार अन्दाजी २ वर्षको गैंडा मृत फेला परेको हो । गैंडाको खुर सुरक्षित रहेको छ । उमेरका कारण खाग पलाउने अबस्था नरहेको उहाँले जानकारी दिनुभयो । गैंडालाई केही दिन अघि बाघले खाएकाले लिंग पहिचान हुन सकेको छैन । निकुञ्जमा चालु आर्थिक वर्षमा २४ वटा गैंडा मरेका छन् ।
जसमध्ये २ चोरी शिकारी र २२ वटा प्राकृतिक कारणले मरेका हुन । वन क्षेत्रमा थप एक गैंडा यसै अबधिमा मरेको छ ।

प्रतिक्रिया दिनुहोस !