चितवनः नेकपा एमालेका पोलिटव्यूरो सदस्य महेश बस्नेतले स्थानिय तहको निर्वाचनबाट सत्ता गठवन्धन भाग्न खोजेको आरोप लगाउनु भएको छ । प्रेस चौतारी नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले बैशाख २१ गते रिक्त हुने स्थानिय तहको जनप्रतिनिधिका लागि चैत बा बैशाख भित्रै निर्वाचन गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो “बैशाख २१ पछि स्थानिय तहको निर्वाचनलाई लानु हुँदैन । निर्वाचन पछि सार्ने कुराले देश द्धन्द्धमा फस्छ ।” सरकारले स्थानिय तहको निर्बाचनका लागि मिति घोषणा नगरे एमाले आन्दोलनमा जान बाध्य हुने उहाँको भनाई थियो । एमालेका जनबर्गिय संगठनले आन्दोलनका कार्यक्रमहरु सुरु गरेको भन्दै उहाँले संबिधानको अपव्याख्या गर्ने अधिकार कसैमा नरहेको बताउनुभयो । संबिधानको व्याख्या गर्ने अधिकार अदालतलाई मात्रै रहेको उहाँले जिकिर गर्नुभयो । उहाँले भन्नुभयो “सत्ता गठवन्धनका साथीहरुलाई निर्वाचनमा आँफु हारीन्छकी भन्ने आँकलन भएकाले सार्न खोजिएको हो ।” समयमा स्थानिय तहको निर्वाचन हुन नसकेमा अदालतको बिषय बन्ने उहाँले बताउनुभयो ।
स्थानिय तहको निर्वाचन समेत दुई चरणमा गरेको स्मरण गर्दै उहाँले अहिले तीन तहको निर्वाचन एकै पटक गर्ने भन्ने गरि गरिएको तर्क अव्यवहारीक रहेको बताउनुभयो । जनताको मौलिक हक अधिकार माथी चौतर्फी ढङ्गले प्रहार गर्न खोजिएको उहाँको भनाई छ । पत्रकार सम्मेलनमा बोल्दै उहाँले आउँदो निर्वाचनमा सत्ता गठवन्धन नभई पार्टी एकिकरण गरेर निर्बाचनमा आउन आग्रह गर्नुभयो । देशमा एउटा प्रजातान्त्रीक पार्टी र एउटा कम्युनिष्ट पार्टी मात्रै जनताले रुचाएको उहाँको भनाई थियो ।
–––

प्रतिक्रिया दिनुहोस !