चितवनः चितवन राष्ट्रिय निकुञ्जको सुरुङ् खोलामा एउटा गैंडा मृत अबस्थामा फेला परेको छ । निकुञ्जको टाइगर टप्स पूर्वमा पर्ने सुरुङ् खोलामा जुधेर गैंडा मरेको हो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार अन्दाजी १६÷१७ वर्षको भाले गैंडा मरेको हो । अर्काे गैंडासँग जुध्दा लखेटिएर भिरबाट खसेर खोलाको बगरमा गैंडा पुगेको थियो ।
गैंडाको खाग, खुर सुरक्षित रहेको प्रारम्भीक जानकारी प्राप्त भएको उहाँले बताउनुभयो । योसँगै चालु आर्थिक वर्षमा निकुञ्जमा २३ गैंडा मरेका छन् । जसमध्ये २ चोरी शिकारी, २ मानवीय त्रुटी र १९ प्राकृतिक कारणले मरेका हुन ।






