चितवन, ९ माघ । चितवन राष्ट्रिय निकुञ्जको क्षेत्र भित्र एक पुरुष व्यक्तिको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अन्दाजी ६० वर्षिय पुरुष व्यक्तिको शव भेटिएको हो ।
कार्यालयका प्रबक्ता प्रहरी नायव उपरिक्षक नरहरी अधिकारीका अनुसार टिकौली सडक खण्डबाट १ दशमलब ५ किलोमिटर भित्र पुरुष व्यक्तिको शब भेटिएको हो । उनको शब हेर्दा अनुहार, घाँटी, छातिको भाग जंगली जनावरले खाएको जस्तो देखिएको अधिकारीले जनाकारी दिनुभयो । आन्दा्र, करंग समेत देखिएको अबस्थामा शव भेटिएको हो । उनको शवलाई पोष्टमाटमका लागि भरतपुर अस्पताल ल्याईएको छ ।

प्रतिक्रिया दिनुहोस !