काठमाडौं, ७ माघ । नेकपा एमालेका सचिव योगेश भट्टराईले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको राजीनामा मागेका छन् । सचिव भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाले हिंसा भड्काउने र संबिधानको बर्खिलाप भाषण दिने मन्त्री यादवलाई हाटाउनु पर्ने बताएका छन्।

उनले सामाजिक संजालमा लेखेका छन्, “प्रम शेरबहादुर देउवाले हिंसा भड्काउने र संबिधानको बर्खिलाप भाषण दिने मन्त्री रेणु यादवलाई हाटाउनु पर्‍यो या नेपाली कांग्रेसले राजनीतिमा हिंसालाई जायज ठान्छ भन्नु पर्‍यो । अर्को बाटो छैन ।”

प्रतिक्रिया दिनुहोस !