चितवनः पहिरोका कारण अबरुद्ध वनेको नारायणगढ–मुग्लिन सडक खण्ड अहिले बिहान ११ वजेबाट सुचारु भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ कालिखोलामा आज विहान २ः३० वजे सुख्खा पहिरो खसेर सडक अबरुद्ध भएको थियो ।
नारायणगढ –मुग्लिन सडक आयोजनाका इन्जिनियर कृष्ण आचार्यका अनुसार राति देखिनै पहिरो पन्छाउने काम थालिएको थियो । तीन वटा एक्साभेटर र एउटा लोडर पहिरो पन्छाउन प्रयोग गरिएको थियो । सडकको ३० मिटर भाग पहिरोले ढाकेको उहाँले जानकारी दिनुभयो । झण्डै ३० मिटर सडक माथिबाट पहिरो खसेको उहाँले बताउनुभयो । सडकको पहिरो पन्छाए संगै यातायात सूचारु भएको छ ।






