चितवनः नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो खसेको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ कालिखोलामा आज विहान २ः३० वजे सुख्खा पहिरो खसेको हो ।
पहिरोकका कारण दुई तर्फि सडक अबरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पहिरो पन्छाउन करिब तीन घण्टा लाग्ने छ । पहिरोका कारण नारायणगढ– मुग्लिन सडक खण्ड भएर चल्ने सवारी साधन रोकीएका छन् ।






