चितवनः पश्चिम चितवनमा गैंडाको आक्रमणबाट दुई जना घाईते भएका छन् । भरतपुर महानगरपालिका वडा नम्बर २२ पटिहानीमा आज दिउँसो ३ः३० वजे गैंडाको आक्रमणबाट दुई जना घाईते भएका हुन ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घाईते हुनेमा स्थानीय ७० वर्षिय बुदना महतो र ८० वर्षिय धोधारी महतो रहेका छन् । कार्यालयका प्रबक्ता प्रहरी नायव उपरिक्षक नरहरी अधिकारीका अनुसार घर अगाडी घाम तापेर बसिरहेको अबस्थामा उनीहरुलाई गैंडाले आक्रमण गरेको हो । गैंडाको आक्रमणमा परि दुवै जना खतरा मुक्त रहेको र उपचारका लागि चितवन मेडीकल कलेज ल्याईएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !