काठमाडौं, ४ माघ  । सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोलामा एक सय रुपैयाँले बढेर ९२ हजार ६०० रुपैयाँ कायम भएको छ ।

तेजाबी सुनको मूल्य समेत आज एक सय रुपैयाँले नै बढेर ९२ हजार एक सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने आज स्थिर रहँदै अघिल्लो दिनकै मूल्य प्रतितोला एक हजार २५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !