बिरटनगरः स्वास्थ्य तथा जनसख्या मन्त्री विरोध खतिवडाले यही साताभित्र स्थानीय तहको चुनावको मिति घोषण हुने बताउनुभएको छ । । अब बस्ने मन्त्रिपरिषद् बैठकबाट सरकारले स्थानीय तह चुनावको मिति तय गर्ने बताउनुभएको हो ।
समाजवादी प्रेस संगठन मोरङले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले भन्नुभयो “पाँच दलीय गठबन्धन चुनावबाट भागेको छैन । अब बस्ने मन्त्रिपरिषद् बैठकबाट स्थानीय तहको चुनावको मिति टुंग्याउछौँ ।”

विपक्षी दल नेकपा एमालेले सत्तासीन दल स्थानीय तहको चुनावबाट भागेको आरोप लगाइरहेको बेला मन्त्री खतिवडाको यस्तो भनाइ आएको हो । अर्को प्रशंगमा मन्त्री खतिवडाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या तत्काललाई सावधान भएको बताउनुभयो। उहाँले वर्तमान पदाधिकारीलाई काम गर्न रोक लगाइएको र सरकारले पाँच सदस्यीय टोली गठन गरेर धरान पठाएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !