चितवनः भरतपुर महानगरपालिका १० रिजालचोकमा अन्तराष्ट्रिय स्तरको नेचुरल फर्निचर तथा फर्निसिङ शोरुम सञ्चालनमा आएको छ ।

उद्योग वाणिज्य महासंघका पूर्व उपाध्य तथा मिडिया एलाइन्स नेपालका अध्यक्ष भास्करराज कणिकर र बरिष्ठ नायक आर्यन सिग्देलले उक्त फर्निचर तथा फर्निसिङ शोरुमको नेपाल उद्घाटन गर्नुभएको हो । उद्घाटन गर्दै कणिकारले ग्राहकको चाहना अनुसार व्यवसाय गर्न जरुरी रहेको बताउनुभयो । अहिले कार्यालयमा र घरमा आबश्यक पर्ने फर्निचरहरु गुणस्तरीय पाउन कठिन हुने भन्दै उहाँले यसले वजारको मागलाई सम्बोधन गर्न सहज हुने वताउनुभयो ।

भरतपुरमा विशेषगरी कार्यालय प्रयोजनका सामग्रीका फर्निचर विक्री वितरण गर्ने केन्द्रको अभाव र स्थानियको आवश्यकतालाई मध्यनजर गर्दै उक्त फर्निचर सञ्चालनमा ल्याएको नेचुरल फर्निचर प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक घनश्यम पौडेल श्यामले बताउनुभयो । उहाँले अहिले फर्निचर र फर्निसिङको विक्री वितरणबाट व्यवसाय सुरु गरिएपनि केही समयपछि यस क्षेत्रमा उत्पादन सुरु गर्ने जानकारी दिनुभयो । उहाँले चितवनमा सर्वशुलभ ढङ्गबाट स्तरीय फर्निचर सामग्रीको विक्री वितरण गर्ने बताउनुभयो ।

उक्त शोरुम एक करोडको लगानीमा सञ्चालनमा ल्याइएको हो फर्निचर तथा फर्निसिङ शोरुममा अफिसियल, घरयासी, स्कुल, कलेज, हस्पिटल, होटल, रिसोर्ट लगायतका क्षेत्रमा आवश्यक फर्निचरसँग सम्बन्धित सम्पूर्ण सेवा आफूहरुले प्रदान गर्ने उहाँको भनाई छ । त्यस्तै फर्निसिङ सम्बन्धि पर्दा, कार्पेट लगायत घर अफिस सजावटका सामानहरु उपलब्ध हुनेछन् । नेचुरल फर्निचरले अन्तराष्ट्रिय बजार चाइना, भारत, इन्डोनेसिया र भेदनामबाट ल्याइएका सामग्रीहरुको विक्री वितरण गर्नेछ । भने केही समयपछि स्वदेशी उत्पादनलाई प्राथमिकता दिएर विदेशीभन्दा कम नहुने सामग्री उत्पादन गर्ने जनाएको छ । फर्निचर तथा फर्निसिङ शोरुमको उद्घाटनका अवसरमा ग्राहकले उक्त शोरुमबाट सामान किन्दा एक हप्तासम्म २० प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ ।

फर्निचरको उद्घाटन कार्यक्रममा बोल्दै उद्योग संघ चितवनका अध्यक्ष त्रिलोचन कँडेलले यस फर्निचरले चाँडै नै स्वदेशी उत्पादन सुरु गर्ने लक्ष्य लिएको भन्दै आफुले यस क्षेत्रमा सक्दो सहयोग गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !