काठमाडौँ, २२ पुस । गुजरातमा हुने भ्राइब्रेन्ट गुजरात समिट स्थगित भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण रोकिएको छ ।

गुजरात सम्मेलनका क्रममा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम तय भएकोले जनवरी ९ तारिख अर्थात पुस २५ गते देउवा गुजरात जाने कार्यक्रम थियो ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार जनवरी १०–१२ सम्म जगुरातमा आयोजना हुने ‘सम्मेलन स्थगित भएको औपचारिक जानकारी आएको छैन तर स्थगित भएको जानकारी आए भ्रमण स्थगितको औपचारिक निर्णय हुनेछ ।

प्रतिक्रिया दिनुहोस !