चितवन :पोल्ट्री जन्य वस्तुुको उत्पादनमा राज्यले सहयोग गनुपने व्यावसायिहरुले वताएका छन् । नवौं राष्ट्रिय पोल्ट्री दिवसको अवसरमा आज आयोजित कायक्रममा वोल्दै उनीहरुले वताएका छन् ।
कायक्रममा बोल्दै नेपाल पोल्ट्री व्यवसायी महासघका अध्यक्ष गुणचन्द्र विष्टले वनेको पोल्टि नीति कायान्वयनमा ध्यान दिन नसक्दा समस्या भएको बताउनु भयो । नीति कार्यान्वयन संगै सरकार र व्यवसायी समय अनुसार हिड्न सक्नुपर्ने उहाँको भनाई थियो । व्यवसायमा अहिलेको समस्या कुखुराको भ्याक्सिन रहेको भन्दै उहाले भन्नुभयो “नेपालमा भ्याक्सिनको समस्या छ । यसलाई समाधान गन राज्यले ध्यान दिनु पछ ।” बड्फ्लुको भ्याक्सिन आयातमा रोक लगाउँदा व्यवसायीहरु मारमा परेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “आयातमा रोक लगाउँदा लुकिछिपि आउने भ्याक्सिनमा गुणस्तर कम हुँदा व्यवसायीले समस्या झेल्नु परेको छ ।” उत्पादन वढाउनका लागि खोर र उपकरणमा नयाँ प्रबिधि भित्र्याउन आबश्यक रहेको उहाँको भनाई थियो ।
बागमति प्रदेशको कृषि तथा पशुपक्षि विकास मन्त्रालयका सचिव डा. शरण कुमार पाण्डेले नीजि क्षेत्रले वनाएको नीति कायान्वयनमा सरकार तयार रहेको वताउनु भयो । पोल्ट्री क्षेत्रको समस्या समाधानका लािग सरकार तयार रहेको वताउनु भयो । प्राविधिक कुरा बुझाउन केहि समस्या भए पनि समस्या समाधानका लािग सरकारको तर्फबाट मन्त्रालय तयार रहेको उहाको भनाई छ ।पोल्ट्रीजन्य उत्पादनबाट प्रोटिन पाइने भएकाले यसको प्रचार प्रसार र वजार व्यवस्थापनमा बागमित प्रदेश सरकारले काम गर्ने उहाँले वताउनुभयो ।
कायक्रममा कृषि तथा वन विज्ञान विश्व विध्यालयका सह प्रध्यापक डा. सुविर सिंहले प्रोटिनको महत्व र उपल्वधता, फिजिसियन डा. भोजराज अधिकारीले मानव स्वास्थ्यका लागि अण्डा र मासुको महत्व, पोल्ट्रीको वतमान अबस्था र चुनौति विषयमा भेटेनरि अस्पताल चितवनका डा. रामचन्द्र आचाय, व्यवसायिका तर्फबाट डा. रेवन्त कुमार भट्टराईले नेपालमा कुखुरा पालन व्यवसायको औधोगिकरण विषयमा कायपत्र प्रस्तुत गनुभएको थियो ।
नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछानेको अध्यक्षतामा सम्पन्न कायक्रममा जिल्लाका उधोगि व्यवसायिहरुको सहभागिता रहेको थियो । वि.स. २०१७ साल पुस १७ गते राजा महेन्द्रले ह्याचरि उद्घाटन गरेको दिनलाई पोल्ट्री दिवसको रुपमा मनाउँदै आईएको हो । नेपालको कुल ग्रास्थ उत्पादनमा ३ दशमलब ७ प्रतिशत ओगटेको यस क्षेत्रमा अहिले १ लाख ५० हजारले प्रत्यक्ष अप्रत्यक्ष रोजगार पाएका छन् । सन् १९८८ अगाडि निवाह मुखी व्यवसायको रुपमा रहेको यो व्यवसाय ३४ वष पछि व्यवसायीक भएको पाइन्छ । नेपाल सन् २०२१ मार्चमा मासु र अण्डामा आत्मनिर्भर घोषणा भएको थियो । आत्मनिर्भर भएको यस व्यवसायमा ७३ प्रतिशत पोल्ट्री क्षेत्रको योगदान रहेको छ ।






