चितवन, १९ मंसिर । भरतपुर महानगरपालिका वडा नम्बर १५ रामपुरमा बस र एम्बुलेन्स ठक्कर खाँदा ६ जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चौबिसकोठीबाट सारदानगर तर्फ जाँदै गरेको ना ६ ख ९४५८ नम्बरको बसमा सोही दिशा तर्फ बिरामी पुयाउन जाँदै गरेको बागमती प्रदेश०१–०२३ च ९९९ नम्बरको एम्बुलेन्सले ठक्कर दिएको थियो ।

ठक्करबाट एम्बुलेन्समा सवार ६ जना घाईते भएका हुन । घाईते मध्ये एक जनाको अबस्था गम्भिर रहेको छ । दुई जनाको मध्येम र तीन जनाको अबस्था सामान्य रहेको छ । घाईतेहरुको चितवन मेडीकल कलेज र पुरानो मेडीकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको छ । वस र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !