चितवन,१७ मंसिर । नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत भरतपुर महानगरपालिका वडा नम्बर २९ जुगेडिमा ट्रिपरको ठक्करबाट मोटरसाईकल पछाडी सवार एक महिलाको मृत्यु भएको छ । लमजुङको राईनास गाउँपालिका घर भएकी अन्दाजी ५५ बर्षिया चन्द्रकुमारी सार्कीको घटना स्थलमानै मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका अनुसार मुग्लिनबाट नारायणगढ तर्फ आउँदै गरेको प्रदेश नम्बर २–०३–००१ प ४२४९ नम्बरको मोटरसाईकललाई सोही दिशाबाट आउँदै गरेको ना ६ ख ६७२७ नम्बरको ट्रिपरले आज दिउँसो ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाईकल चालक बिकास नेपाली सामान्य घाईते हुनुभएको छ । उहाँलाई उपचारका लागि भरतपुर अस्पताल ल्याईएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रिपर र चालक प्रहरीको नियन्त्रणमा रहेको कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस !