चितवन: नेकपा एमालेको १० औ राष्ट्रिय महाधिबेशन अन्तर्गत आज विहान ४ बजेबाट मतदान सुरु भएको छ । सोमबार राती १० वजे पछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन र २ वजे बाट ८ वजे सम्म मतदान गर्ने भनिएको भए पनि दुई घण्टा ढिला गरि मतदान प्रकृया सुरु भएको हो ।
नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र भीम रावल लगाएतका शिर्ष नेताहरुले मतदान गरि सक्नु भएको छ । बिद्युतिय प्रकृयामा मतदान भई रहेको छ । निर्वाचन आयोगले दिएको जानकारी अनुसार पदाधिकारीतर्फ अध्यक्ष, उपाध्यक्ष र सचिवमा निर्वाचन हुँदैछ।
त्यस्तै, केन्द्रीय समितितर्फ खुला केन्द्रीय सदस्य, प्रदेश १ (भौगोलिक क्षेत्र) खुला, प्रदेश १ महिला, समावेशी क्षेत्रको दलित खुला, थारू खुला, पिछडिएको क्षेत्र र सुदूर प्रदेशको महिलातर्फ निर्वाचन हुनेछ। अरू सबै पदमा सर्वसम्मत भएको छ।
अध्यक्ष पदका लागि केपी शर्मा ओली र भीम रावल गरी दुई जनाले उम्मेदवारी दिनु भएको छ । ६ जना उपाध्यक्षका लागि ७ जना र ७ जना सचिव पदका लागि ९ जनाको प्रतिस्पर्धा भएको छ ।
उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा ‘बादल’, सुवास नेङ्वाङ , विष्णु पौडेल र घनश्याम भुसालको उम्मेदवारी छ । यस्तै सचिवमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट, पद्यमा अर्याल, भीम आचार्य र टङ्क कार्कीकोे उम्मेदवारी परेकमे छ ।
केन्द्रिय समितिमा ८४ जना खुला केन्द्रीय सदस्यका लागि १०० जनाको उम्मेदवारी परेको छ। प्रदेश १ (भौगोलिक क्षेत्र) खुलातर्फ ६ सदस्यका लागि ७ जनाले उम्मेदवारी दिएका छन् भने प्रदेश १ महिलामा ३ सदस्यका लागि ४ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।
त्यस्तै, समावेशी क्षेत्रको दलित खुलातर्फ ८ सदस्यका लागि ९ जना, थारू खुलामा ५ सदस्यका लागि ६ जना, पिछडिएको क्षेत्रमा ३ सदस्यका लागि ४ जना र सुदूर प्रदेशको महिलातर्फ ३ केन्द्रीय सदस्यका लागि ५ जनाबीच प्रतिस्पर्धा हुनेछ।
प्रदेश १ (भौगोलिक क्षेत्र) खुलातर्फ ६ सदस्यका लागि ७ जनाले उम्मेदवारी दिएका छन् भने प्रदेश १ महिलामा ३ सदस्यका लागि ४ जनाको उम्मेदवारी परेको छ ।
त्यस्तै, समावेशी क्षेत्रको दलित खुलातर्फ ८ सदस्यका लागि ९ जना, थारू खुलामा ५ सदस्यका लागि ६ जना, पिछडिएको क्षेत्रमा ३ सदस्यका लागि ४ जना र सुदूर प्रदेशको महिलातर्फ ३ केन्द्रीय सदस्यका लागि ५ जनाबीच प्रतिस्पर्धा हुनेछ। महाधिबेशनले ३ सय १ सदस्सिय केन्द्रिय समिति चयन गर्दै छ । महाधिबेशनको उद्घाटन सत्र यही मंसिर १० गते नारायणगढको नारायणी नदी किनारमा भएको थियो भने बन्द सत्र सौराहामा भएको हो ।
सर्बसहमतिको प्रयास असफल भए पछि आज निर्वाचन गरिएको हो ।







