चितवनः जिल्ला प्रहरी कार्यालय चितवनले वन्द गराउँदै हिड्ने १० जनालाई पक्राउ गरेको छ । नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थमा भएको मुल्यबृद्धिको बिरुद्ध भन्दै आज आव्हान गरेको बन्दका क्रममा सवारी रोक्ने उनिहरुलाई पक्राउ गरिएको हो । पार्टी निकट अनेरास्ववियू क्रान्तिकारीका बागमती प्रदेश इन्चार्ज राजन साउद सहित नेता, कार्यकर्ता पक्राउ परेका हुन ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता प्रहरी नायव उपरिक्षक सूर्य वहादुर थापाका अनुसार साउद सहित २ जनालाई बिहान सबेरै भरतपुरको बाइपास रोड र अन्यलाई नारायणगढको लायन्सचोकबाट नियन्त्रणमा लिइएको हो । सुरक्षा कर्मी व्यापक परिचालन गरिएकाले बन्द कर्ताले सवारी आवागमनमा अबरोध पु¥याउन पाएका छैनन् । थापाले भन्नुभयो “जिल्लाभर अबरोध गर्न खोज्नेलाई तत्काल पक्राउ गर्ने गरि सुरक्षाकर्मी परिचालन गरिएको छ ।”
बन्द आव्हानका कारण अन्य दिनमा झै सवारी साधनभने चलेका छैनन् । बिहानै देखि बजार क्षेत्र सुनसान देखिएको छ ।






