चितवनः नेपाली काँग्रेसको १४ औं महाधिबेशन अन्तरगर्त यही मंसिर ६ गते हुन लागेको क्षेत्रीय अधिबेशनमा नेपाली काँग्रेस चितवन क्षेत्र नम्बर ३ बाट साजन कुमार महतोले महाधिबेशन प्रतिनिधिमा उम्मेदवारी दर्ता गर्नुहुने भएको छ । उहाँले सामाजिक सञ्जलहरु मार्फत आफ्नो उम्मेदवारी रहने घोषणा समेत गरि सक्नु भएको छ ।
बिद्यार्थी जीवन बाटनै काँग्रेसको राजनीतिमा लाग्नु भएका महत्तो २०३१ सालमा पश्चिम चितवनको पटिहानीमा जन्मनु भएको हो । पिता चौधरी महतो र माता गिता देवि महतोको कोखबाट जन्नु भएका चमहत्तो अहिले काँग्रेसको राजनिति बृतमा निकै लगनशिल र आम कार्यकर्तामा भिज्न सफल नेतृत्वको रुपमा रहनु भएको छ ।
पारिवारीक पृष्ठभूमिनै काँग्रेस भएकाले पनि उहाँलाई काँग्रेसको राजनितिमा आउनका लागि सहज बातावरण वन्दै आएको छ । उहाँका बुबा २००७ साल देखिनै काँग्रेसको आब्हानमा भएका हरेक आन्दोलनमा सहभागी हुँदै आउनु भएको छ । उहाँ पहिलो पटक भएको आम निर्वाचनमा पर्टीहानी गाउ बिकास समितिको वडा नम्बर ९ को अध्यक्षमा उम्मेदवार वन्नु भएको थियो । उहाँकै प्रेरणाका कारण काँग्रेसको बिचारमा भिज्दै आउनु भएका महत्तो अहिले उहाँको राजनैतिक पृष्ठभूमि बलियो रहेको मानिन्छ ।
युवा देखि बृद्ध–बृद्धासम्म भिज्न सक्ने उम्मेदवारको रुपमा महत्तोलाई लिइन्छ । बिर्थी रजनितिबाट आउनुभएका उहाँ काँग्रेसको बिभिन्नपदमा रहि काम गरि सक्नु भएको छ । बिद्यार्थीको क्षेत्रीय सदस्य, तरुणदल जिल्ला सदस्य, सह–सचिब, पार्टीको जिल्ला सदस्य, जिल्ला प्रबक्ता, केन्द्रिय महाधिबेशन प्रतिनिधि हुँदै २०७४ सालको आम निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रको गठवन्धनलाई चुनौती दिदैं प्रदेश सभा क्षेत्र म्बर ३ (ख)बाट काँग्रेसको बलियो उम्मेदवारको रुपमा प्रस्तुत गर्न सफल महतो । काँग्रेसले महतोलाई निर्वाचनमा उठाउने निर्णय गरे पछि गठवन्धनले उहाँकै मामालाई निर्वाचनमा उठाउने निर्णय गरेको थियो ।
बिद्यालय व्यवस्थापन समिति, जिल्ला बिकास समितिको आदिवासि जनजाति समन्वय समितिको उपाध्यक्ष दुई कार्यकाल, सामुदायीक वनको बिभिन्न जिम्मेवारी, पटिहानी पर्यटन बिकास समितिको सचिब र हाल उपाध्यक्ष पदमा रहेर उहाँले आफ्नो जिम्मेवारी निर्वाह गरि सक्नु भएको छ । आँफुलाई कुशल पर्यटन व्यवसायीको रुपमा उभ्याउन सफल महतो अहिले पटिहानी पर्यटन होटल एशोशियसनको अध्यक्षको जिम्मेवारीको रुपमा काम गर्दै आउनु भएका महतो आँफु महाधिबेशन प्रतिनिधिमा निर्वाचित भए पार्टीलाई आम निर्वाचनमा बिजयी वनाउन सबैलाई एक वनाएर लैजान दवाव दिने उहाँले बताउनुभयो । निष्ठावना सदस्यहरुमा देखिएको निराशालाई चिर्दै अघि वढाउन लागि पर्ने, पार्टीलाई एक ढिक्का वनाई पाटीको नीति र बिधि बिधान अनुसार अघि वढाउन लागि परि रहेका महतो पार्टीका आव्हानमा भएको आन्दोलन या हरेक कार्यक्रम सक्रिय सहभागीता जनाउँदै आउनु भएको छ ।






