चितवनः नेकपा एमालेका सचिब प्रदिप ज्ञावलीले अहिलेको सरकारले प्रदेशका मुख्यमन्त्री परिवर्तन वाहेकका अन्य काम गर्न नसकेको आरोप लगाउनु भएको छ । आज यहाँ पत्रकारहरु संग कुराकानी गर्दै उहाँले अहिले परमादेश वनेको सरकारले ६–६ महिनामा मुख्यमन्त्री परिवर्तन वाहेक देशको हतिमा काम गर्न सकेको बताउनुभएको हो । उहाँले भन्नुभयो “राज्य र जनताको हितमा काम हुन सकेन । केही व्यक्तिको अबिलाशा पुरा गर्ने काम मात्रै सरकारले ग¥यो ।”
सरकारको काम टिप्पणी गर्न लाएक नभएको बताउँदै उहाँले काम नगरि बिगार मात्रै गर्ने सरकारलाई केही भन्नु पर्ने नरहेको बताउनुभयो । नेकपा एमालेका सचिब ज्ञावलीले नेकपा (एमाले)को १० औं महाधिबेशनबाट सर्बसहमत नेतृत्व चयन गर्ने बताउनुभएको छ । उहाँले अध्यक्ष लगाएतका अधिकांश पदहरुमा सर्बसहमत हुने बताउनु भएको हो । उहाँले भन्नुभयो “अध्यक्ष लगाएत अधिकांश पदहरुमा सर्बसहमत हुन्छ । केन्द्रिय सदस्यमा धेरै सार्थिहरु आकांक्षि भएकाले मतदान हुन्छ ।” केन्द्रिय सदस्य र अन्य कुनै एका दुई पद वाहेक अन्य पद सर्बसहमतीमानै टुङ्गीने उहाँको भनाई थियो ।
महाधिबेशनको तयारी तिब्र पारिएको भन्दै उहाँले आज केन्द्रिय पदाधिकारीहरु महाधिबेशन उद्घाटन स्थलको अवलोन गर्न आएको बताउनुभयो । यो संगै महाधिबेशनको बन्दशत्र हुने स्थानको समेत अनुगमन गरिने उहाँले जानकारी दिनुभयो । महाधिबेशनका लागि प्रतिनिधि छनोटको काम कात्तिक २७ गते हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “२७ गते देशभरी र प्रभाशमा समेत प्रतिनिधि छनोट गरिने छ ।” महाधिबेशनका क्रममा राष्ट्रिय तथा अन्तराष्ट्रिय पाहुनालाई निम्ता गर्ने काम सक्कीएको उहाँले जानकारी दिनुभयो ।
पार्टी भित्र अहिले देखिएका केही समस्याहरु समाधान भएर अघि वढ्ने उहाँले बताउनु भयो । उहाँले भन्नेभयो “पालिका र जिल्लामा त्यस्तो समस्या छैन । केही साथिको कार्य बिभाजनमा असन्तुष्टि रहेको छ । यो समाधान हुँदै जान्छ ।” पार्टी आज एकताको मनोविज्ञान र १० वुद्धे पछि जोडिएका साथिहरुको मनोविज्ञानका आधारमा अघि वढ्ने उहाँको जिकिर थियो । उहाँले भन्नुभयो “१० औं महाधिबेशनबाट अध्यक्ष ओलीको नेतृत्वमा सर्बसहमत अघि वढ्छ ।”






