चितवनः बाँकेको कोहलपुरबाट चितवनको सौराहा घुम्न आएका पर्यटक सवार बस आज बिहान नारायणगढको लायन्सचोकमा दुर्घटना भएको छ । बस अनियन्त्रित भई सडकबाट तल खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नेपालगञ्जबाट सौराहा आउँदै गरेको भे १ ख २८३६ नम्बरको बस भरतपुर महानगरपालिका वडा नं। ३ लायन्सचोकमा दुर्घटना भएको हो । घाईतेहरुको उपचारका लागि भरतपुरका विभिन्न अस्पताल पठाईएको प्रहरीले जनाएको छ । उक्त बसले स्थानीय बाटोमा चल्ने बस, म्याजीक र अटो रिक्सालाई ठक्कर दिंदै दुर्घटना भएको प्रहरीको भनाई रहेको छ । बसमा ४५ जना सवार रहेका थिए । घाईतेको बास्तबिक संख्या आई नसकेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता सूर्य वहादर थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !