चितवन, कार्तिक १६ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माडीको अयोध्या धाममा विश्वको सर्वाधिक ठूलो र महत्त्व पूर्ण दर्शनीय पवित्र स्थल बन्ने बताउनु भएको छ । माडीको अयोध्या धामको अवलोकन कार्यक्रममा बोल्दै ओलीले आज माडी लाई मणि बनाउन भगवान राम फर्किएर आएको बताउनु भएको हो ।
यहाँ भारतको तिरुपति र विश्व नाथ जस्तै दैनिक लाखौं भक्तजन आउने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो-” राम नवमीमा यहाँ दशौं लाख मानिसको मेला लाग्छ । यहाँ दर्शनको कुरा हुँदैन इतिहास र पहिचानको कुरा हुन्छ । हामीले इतिहास र पहिचानको कुरा गरिरहेका छौं यो सत्यको पक्षमा छ।” यहाँ विश्वको नमूना मन्दिर बन्ने बताउँदै आगामी चुनाव अगाडि बजेटको आश नगर्न माडी बासीलाई अनुरोध गर्नुभयो ।
चुनाव पछि बन्ने एमाले सरकारले पर्याप्त बजेट विनियोजन गर्ने बताउनु l उहाँले माडीको विकास गर्न सहज हुने भएकाले मूर्तिहरू संरक्षण गर्न स्थानीय बासीलाई आग्रह गर्नुभयो । “यहाँ कुरु क्षेत्रको कुरा गरेका छन् । पापी हरु होसियार हनुमानले गधा उठाउन सक्छन् “- उहाँले भन्नुभयो । राजनीति कुरा थोरै गरेका ओलीले प्रचन्डलाई इंकित गर्दै यहाँको जनप्रतिनिधि कारण माडीको विकास हुन नसकेको बताउनभयो । “माडीको विकासका लागि जमानी बसेको थिए । जमानी बसेको मान्छे नै फुत्कियो यहाँको विकासको जिम्मा म लिन्छु, उहाँले भन्नुभयो । ओलीले २०७७ असार २९ गते भानु जयन्तीका दिन भगवान रामको जन्म नेपालमा भएको घोषणा गरेका थिए । त्यसपछि ओली पहिलो पटक माडी आउनुभएको हो ।ओलीले यसअघि राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति बनाएर माडीमा वैशाख ८ गते मूर्तिको स्थापना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !