चितवन, ११ कात्तिक । राजनीतिमा परिवार भन्दापनि विचार मिल्नुपर्ने नेतृ सुजता कोइरालाले बताएकी छिन् ।

आज चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै नेतृ कोइरालाले नाता ठूलो कुरा नभएको भन्दै “राजनीतिमा परिवार भन्दापनि विचार मिल्नुपर्छ , जसजसको विचार मिल्छ उनीहरु एक ठाउँमा उभिन सक्दछन् ” । सभापतिमा कसलाई समर्थन गर्नुहुन्छ भन्ने प्रश्नमा उनले अहिलेनै आफूले कुनै धारणा नवनाएको भन्दै परिस्थितीको आकलन गरिहेको बताइन् ।

उनले अहिले सरेको महाधिवेशनको मिति अन्तिम रहेको भन्दै अब छिटै काङ्ग्रेसले नयाँ नेतृत्व पाउने जानकारी दिइन् । तपाई कुन पदमा उमेदवारी दिनुहुन्छ भन्ने प्रश्रमा उनले अहिलेसम्म टुंगो लगिसकेको छैन् समय हेरिरहेको छु ।

उनले आउँदो चुनावमा काँग्रेसले कुनै पार्टी तथा समूहसँग गठवन्धन नगर्दा राम्रो हुने बताइन् । उनले काँग्रेस आफैमा ऐतिहासिक र सिद्धान्त सहितको पार्टी भएकाले गठवन्धनको कुरामा धेरै विचार गरेर मात्रै निर्णय लिन पर्ने बताइन् ।

फरक फरक प्रसङ्गमा बोल्दै उनले सर्वोच्च अदालतमा प्रधानन्यायधीश र न्यायाधीशहरुवीचको विवाद चाँडै समाधान हुनुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस !