चितवनः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एबं पूर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राज्यका अंगहरुले आफ्नो गरिमा कायम राख्नु पर्ने बताउनु भएको छ। आज यहाँ पत्रकारहरु संग कुराकानी गर्दै उहाँले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाले आफ्नो स्वतन्त्रता र गरिमा कायम राख्नु पर्ने बताउनु भएको हो ।
प्रधानन्यायधिश चोलेन्द्र शमशेर जवराको चौतफि आलोचना भईरहेको समयमा अध्यक्ष दाहालले न्यायपालिकाको स्वतन्त्रता र गरिमालाई आँच नआओस भन्ने बिषयमा हामी सबै सर्तक हुनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो “सबै के कुरामा सर्तक हुन जुरी छ भने । राज्यका प्रमुख अंगहरु आफ्नो–आफ्नो स्वतन्त्रता र गरिमालाई कायम राख्न वल गर्नु पर्छ ।”यस विषयमा एक दुईदिनमानै उचित निस्कर्षमा पुग्ने उहाँको भनाई थियो ।
प्रधानन्यायधिशलाई महाअभियोग लगाउने बिषयमा छलफल भएको हो भन्ने प्रश्नमा उहाँले कुनै छलफल नभएको बताउनुभयो । उहाँले भन्नुभयो “गठवन्धनमा त्यस बिषयमा कुनै छलफल भएको छैन । हिजो मात्रै सत्ता साझेदार तीन दलको वैठक भएको थियो । पाँच दलको बैठक हुनबाँकी छ ।” यस बिषयमा पाँच दल वसेर छलफल गर्ने भन्दै उहाँले यस विषयमा चर्चा समेत नभएको बताउनुभयो । उद्योग मन्त्री गजेन्द्र वहादुर हमालको बिषयलाई लिएर उठेको भन्दै उहाँले भन्नुभयो “हमाल जी काँग्रेसको कोटाबाट पर्नु भएको थियो । हामीले काँग्रेसको प्रतिनिधिकै रुपमा लिएका थियौ ।”परिस्थिति नयाँ बने संगै बिबाद चर्कीएको भन्दै उहाँले यस बिषयमा एउटा बिन्दुमा गठवन्धनले आफ्नो धारणा सार्बजनीक गर्ने बताउनुभयो ।
फरक प्रसंगमा बोल्दै उहाँले पार्टीलाई बलियो वनाउनका लागि सबै कार्यकर्ताले संकल्प गर्नु पर्ने समय आएको बताउनुभयो । अहिले गम्भिर परिस्थितिमा रहेको भन्दै उहाँले भन्नुभयो “अहिले परिस्थिति गम्भिर छ । जसरी पनि संघर्ष गरेर उपलव्धिको रक्षा गर्नु पर्छ ।”
नेकपा उमालेले आफ्नो १० औं महाधिबेशन चितवनमा गर्न लागेको बिषयमा उहाँले आँफुलाई बिजयी गराउन एमालेले सुरुवात गरेको बताउनुभयो । एमालेले महाधिबेशन चितवनमा गर्नुले आफ्नो महत्व कति छ भन्ने झल्किएको उहाँको बुझाई थियो ।
आगामी निर्बाचनमा आँफु चितवनबाटै लड्ने बताउनुभयो । उहाँले भन्नुभयो “संसदका रुपमा निर्बाचन लड्ने मेरो अन्तिम हुन सक्छ । चितवन छाड्दीन ।”






