चितवन,३ कात्तिक । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले यात्राको क्रममा सजगता अपनाउन आग्रह गरेको छ ।
निरन्तर वर्षा भइरहेकोले खाल्डा खुल्डी भएको ठाउँमा पानी जमेको हुँदा सजग भएर यात्रा गर्न ट्राफिक प्रहरीले आग्रह गरेको हो ।
उता नारायणगढ मुग्लिन सडक खण्ड सुचारु नै रहेको समेत ट्राफिक प्रहरीले जानकारी दिएको छ । निरन्तर वर्षा भए पनि अहिलेसम्म सडकमा कुनै अवरोध भने नभएको ट्राफिक प्रमुख, प्रहरी निरीक्षक भगवानराजा थापाले जानकारी दिए ।







