चितवन, २  कात्तिक । पूर्वी चितवनको रत्ननगरस्थित खगेरी पुल नजिक जवजात शिशुको शव फेला परेको छ । आज (मंगलबार) बिहान टिकौली चौरमा अन्दाजी ४-५ दिनको जवजात शिशुको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता, डिएसपी सूर्य बहादुर थापाका अनुसार स्थानीय बालबालिकाहरुले चौरमा खेल्ने क्रममा शव देखेर प्रहरीलाई खबर गरेका थिए । शव कुहिन लागेको अवस्था फेला परेको डिएसपी थापाले बताए ।

शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल ल्याईएको छ । घटनाको थप अनुसन्धान भइरहेको डिएसपी थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस !