चितवन, २२ असोज । चितवन भोलि शनिबार विद्युत अवरुद हुने भएको छ । भरतपुरको पुलचोकदेखि गोन्द्राङसम्म सडक विस्तार कार्य लागि विद्युत संरचना स्थानान्तरण गर्नुपर्न भएकोले आपूर्ति बन्द हुने भएको हो ।
नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले आज एक सूचना प्रकाशित गरी शनिबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म ६ घण्टा विद्युत अवरुद्ध हुने जनाएको छ । केन्द्रका अनुसार ३३ केभी चनौली र ३३ केभी पर्सा सटडाउन हुने केन्द्रले जनाएको छ । जसले गर्दा पूर्वि चितवन र पश्चिम चितवनका विभिन्न क्षेत्रमा विद्युत अवरुद्ध हुने छ ।






