चितवनः नेकपा एकीकृत समाजवादीकि केन्द्रीय सचिव रामकुमारी झाक्रिले ओलीसमुहमा लागेका नेताहरुलाइ आगामी निवाचनमा बुर्का ओडेर जाने बताउनुभएको छ । रत्ननगर कमिटि घोषणाा कायक्ममा वोल्दै उहाले आगामी निवाचनमा ओलि समुहमा विचार विहिन भएको भन्दै निर्वाचनमा एमाले नेताहरु बुर्का ओढेर मत माग्ने जाने बताउनुभएको हो । उहाँले भन्नुभयो “नेकपा एमाले बिचिार हिन भएको छ । ओलीको बुख्याचा वोकेर निर्वाचनमा जाने तयारी गरे हुन्छ ।”
आगामी निर्वाचनमा एमालेको बस्तविक हैसियत थाहा हुने उहाँको भनाई थियो । नेकपा माधव नेपालको साथ छाडेका नेताहरु छिटै फर्किने दावी उहाँले गर्नुभयो । “अध्यक्ष ज्युले धेरै केही नभन्नुस, उहाँहरु फर्केर यहीँ आउनुपर्छ भन्नुभएको छ” उहाँले भन्नुभयो “म धेरै बोल्दिन, फेरि एउटै मञ्चमा बोल्नुपर्ला, सँगसँगै हिड्नुपर्ला ।” उहाँले एमालेमै फर्केका नेताहरुलाइ बुख्याचाको आरोप समेत लगाउनुभयो । उहाँले एमाले अध्यक्ष ओलीलाइ मालिक बनेको आरोप थियो ।
“विधान महाधिवेशन हेर्यौ मालिकले तोकेको पद पाएछन्, २ महिनापछि हुने महाधिवेशनमा तोकेको पद पाउलान्, चुनावमा मालिकले तोके बमोजिम टिकट पाउँछन्ू, उहाँले भन्नुभयो, “अवसरवादीहरुको पञ्चको जस्तै हालत हुनेछ । उहाँले सूर्य चिन्ह भन्दा केपी ओलिले नङ्ग्राएको फोटो लिएर चुनावमा जान चेतावनी दिनुभयो । ओलीलाइ सत्ताच्युत गर्न लागेर फेरि उनीसँगै बसेका नेताहरु दुस्मन वा चाकडी कुन कित्तामा लाग्नेछन् भनेर व्याङ्ग्य गर्नुभयो । आँफुहरु ओलीको दुस्मन बनेर उहाँलाई पराजित गर्न लागिपर्ने दावी गर्नुभयो ।






