काठमाडौं,१३ असोज। बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ मा विराटनगर वारियर्सले भैरहवा ग्लाडीयटर्सलाई ९० रनको सामान्य लक्ष्य दिएको छ ।

टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर १७.४ ओभरमा ८९ रनमा अलआउट भयो ।

विराटनगरका लागि दिल्शन मुनाविराले सर्वाधिक २५ रन बनाए । यस्तै सुमित महर्जनले १३ तथा आसिफ शेख र अनिल शाहले समान ११ रन बनाए । बसन्त रेग्मी १० रनमा अविजित रहे ।

विराटनगरलाई अलआउट गर्न भैरहवाका धम्मिका प्रसाद र आरिफ शेखले ३/३ विकेट लिए । यस्तै अविनाश बोहराले २ तथा दुर्गेश गुप्ता र कृष्ण कार्कीले १/१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस !