चितवनः नेपाली काँग्रेसको १४ औं महाधिबेशन अन्तर्गत भोली (शनिबार) हुने नगर अधिबेशनको तयारी जिल्लामा तिब्र पारिएको छ । तयारी तिब्र पारिए संगै जिल्लामा नगर सभापतिका उम्मेदवारहरुको चहलपहल तिब्र वनाएका छन् । आ–आफ्नो नगरबाट आएका क्षेत्रीय प्रतिनिधिकहरुलाई भेटघाटमा तिब्र बनाएका छन् ।

यसै क्रममा निर्बाचनको मिति नजिकिदैं जाँदा काँग्रसको भरतपुर महानगरको नेतृत्व लिनका लागि पाँच जना आकाक्षि तयार रहेका छन् । उनीहरु मध्ये बलियो उम्मेदवारको रुपमा भरत अधिकारी अघि वढेको पाइन्छ । उहाँ बलिया उम्मेदवार वन्नुको कारण समायोजन पछिको महानगरको संयोजक रहनु मुख्य कारण देखिन्छ । यती मात्रै नभएर बिद्यार्थी राजनितिबाट आउनुभएका अधिकारी पार्टीका तल्लो तहका कार्यकर्ता देखि माथिल्लो तहका कार्यकर्ता सम्म राम्रो संग परिचित हुनुहुन्छ । अन्य उम्मेदवार भन्दा राजनितिमा बढि शक्रिय देखिनुहुन्छ ।

संघियता संगै महानगर बनेको भरतपुर महानगरमा अन्य उम्मेदवारलाई महानगरका सम्पूर्ण कार्यकताहरु संग परिचित हुने अबसर नजुटेका कारण पनि उहाँ बलियो वन्दै जानु भएको हो । आँफुलाई वलियो बन्दै गएको बताउँदै उहाँले भन्नुभयो “मेरो जित सुनिश्चित छ । नतिजा आउन मात्रै बाँकी हो ।” कार्यकर्ताको हरेक समस्यामा समाधानका लागि दत्तचित्त भएर लाग्ने अधिकारी आँफु निर्वाचित भएमा कुनै आगामी निर्बाचनमा कुनै पनि पदमा पाँच वर्ष सम्म नस्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !