चितवन, ६ असोज । नारायणढ–मुग्लिन सडक दुईतर्फि सञ्चालनमा आएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख भगवाननाथ थापाका अनुसार सडकखण्डमा पर्ने इच्छाकामना गाउँपालिका वडा नम्बर ४ घोप्टेभिरमा गएराती ११ः४५ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।
बिहानैबाट पहिरो पन्छाउने काम सुरु गरिएको थियो । अहिले पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याएको उनले जनाए । राति १२ बजेदेखि रोकिएका सवारीसाधनहरु पास भइरहेकाले अहिले सडकमा सवारीको चाप र जाम रहेको उनको भनाइ छ ।






