चितवन,६ असोज । इच्छाकामना गाउँपालिका वडा नम्बर ४ लेवाटारमा गाडीको ठक्करबाट एक पोथी चितुवा मरेको छ ।करिव २ महिनाको चितवन लेवाटारमा गाडीको ठक्करबाट मरेको हो ।

मंगलबार दिउँसो अन्दाजी ३ वजे गाडीको ठक्करबाट सो चितुवा मरेको डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिनुभयो ।

आँफुहरुलाई प्रहरीले खवर गरे संगै मृत चितुवालाई डिभिजन वन कार्यालयलमा ल्याई व्यवस्थापन गरिएको उहाँले बताउनुभयो ।

माउ संग बाटो काट्ने क्रममा गाडीले ठक्कर दिएको हुन सक्ने उहाँले जानकारी दिनुभयो । घटनाको विषयमा थप अनुसन्धान भईरहेको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !