चितवनः राष्ट्रिय दलित पत्रकार संघ, नेपाल चितवन शाखाले ’चुडामणी बराल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, उत्कृष्ट पत्रकारिता पुरस्कार र क्रियाशील पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर १ निवासी युवा व्यवसायी, ब्रुनाई ज्वेलर्स सुनचाँदी पसलका संचालक अर्जुन रसाईली सुनार र श्रीमती नीता रसाईलीको सहयोगमा राष्ट्रिय दलित पत्रकार संघ, नेपाल चितवन शाखाले पुरस्कार स्थापना गरेको हो । अर्जुनका ससुरा एबं निताका बुबा स्वा. चुडामणी बरालको स्मृतिमा पुरस्कार स्थापनार्थ राष्ट्रिय दलित पत्रकार संघ, नेपाल चितवन शाखा र अर्जुन रसाईली सुनारबीच सम्झौता समेत भएको छ ।
सम्झौता पत्रमा संघको तर्फबाट अध्यक्ष अमिर रामदाम र पुरस्कार दाताको तर्फबाट अर्जुन रसाईली सुनारले हस्ताक्षर गर्नु भएको छ ।
हरेक वर्ष नेपाल भरीका दलित पत्रकारहरू मध्येबाट एक जना, चितवनका दलित पत्रकारहरू मध्येबाट एक जना र चितवनका क्रियाशील पत्रकारहरू मध्येबाट एक जना गरी तीन जना पत्रकारहरूलाई पुरस्कार प्रदान गरिनेछ । पुरस्कारको राशी रु १५ हजार , रु ५ हजार, रु ५ हजार रहेको छ । पुरस्कार राषि समयानुकुल वृद्धि गर्दै लगिने जनाइएको छ ।






