चितवनः नेपाली काँग्रेसका युवा नेता नेत्र नारायण आचार्यले भरतपुर महानगरपालिकाको सचिबमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । १२ वर्षको उमेरमा माडी माविबाट राजनैतिक यात्रा सुरु गर्नु भएका आचार्य अहिले भरतपुर महानगर वडा नम्बर ५ काँग्रेसको  सचिबको रुपमा काम गर्दै आउनु भएको छ ।

वि. सं. २०३४ सालमा जन्मनु भएका आचार्य पारिवारिक पृष्ठभूमि काँग्रेसको साधारण सदस्यबाहेक केही थिएन । जब उहाँ नेविसंघको राजनितिमा लाग्नु भयो त्यस पछि माडी माविको उपसभापति भएर समेत काम गर्नुभयो । माडीबाट राजनैतिक यात्रा सुरु गर्नु भएका आचार्य भरतपुर वसाई सरेर आए पनि आफ्नो राजनैतिक यात्रालाई राखी राख्दै १४ औं महाधिबेशनका क्रममा आँफुलाई नगर सचिबको बलियो दावेदारका रुपमा प्रस्तुत गर्नु भएको छ ।

उहाँ काँग्रेसका हरेक आन्दोलनहरुमा सक्रिय भएर लाग्ने निडर योद्धाको रुपमा चिनिनु हुन्छ । यसै क्रममा २०५१ सालको आम निर्वाचनमा उहाँलाई माडीमा निर्वाचनका क्रममा तत्कालिन अमिक शेरचन नेतृत्वको राष्ट्रिय जनमोर्चाले २४ घण्टा नजरवन्दमा राखेको उहाँले स्मरण गर्नु भयो । राजनैतिक रुपमा सक्रिय रहँदै गर्नु भएका आचार्य १४ औं महाधिबेशनमा वडा बाट क्षेत्रीय प्रतिनिधिको रुपमा आए संगै सचिबको दौडमा लागेको बताउनुहुन्छ ।

राजनितिमा त्याग र योगदानको खाँचो रहेको भन्दै उहाँले निर्वाचनमा विजयी भए संगै पाँच वर्ष कुनै पनि निर्वाचनमा भाग नलिई पार्टीलाई वलियो वनाउन लाग्ने प्रतिवधताका साथ अघि वढेको बताउनुभयो । आफ्नो इमान्दरीताको कदर गर्दै निर्वाचनमा विजयी हुने अपेक्षा रहेको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !