सुनको भाउ प्रतितोला ६०० रुपैयाँले बढ्यो

काठमाडौं, ३० भदौं । नेपाली बजारमा आज (बुधबार) सुनको भाउ प्रतितोला ६०० रुपैयाँले बढेको छ । छापावाल र तेजाबी दुवै गुणस्तरका सुनको भाउ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको प्रतितोला मूल्य ९१ हजार २०० रुपैयाँ पुगेको छ । हिजो छापावाल सुनको मूल्य ९० हजार ६०० रुपैयाँ थियो ।

यस्तै, तेजाबी सुनको प्रतितोला मूल्य आज ९० हजार ७०० पुगेको छ । हिजो ९० हजार १०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य भने तीन दिनदेखि स्थिर छ । प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अयोध्यामिडिया द्धारा संञ्चालित क्लिक खवर
अध्यक्षः सनद अधिकारी
प्रबन्धनिर्देशकः प्रस्ताब सुवेदी
र सम्पादक नारायण काफ्ले
बिज्ञापनका लागि सम्पर्कः ९८५५०५४१३५
Copyright © 2020 - www.clickkhabar.com | Powered by: Namuna Computer