चितवनः पृथ्वी रामार्ग अन्तर्गत मुग्लिन– नौविसे सडक खण्डको नाग्दी खोलामा पहिरो खस्दा सडक अबरुद्ध भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार ठूलो पानी परे पछि आज विहान २ः४५ वजे पहिरो खसेको हो ।
पहिरो पन्छाउने काम सुरु गरिएको प्रहरीले जनाएको छ । पहिरो मुग्लिनबाट दुई किलोमिटर नौबिसे तर्फ खसेको हो । पहिरो खसे संगै सडक अबरुद्ध भएको छ ।






