युवा नेता पण्डीतद्धारा महानगर सह–सचिबमा उम्मेदवारी घोषणा

चितवनः नेपाली काँग्रेसका युवा नेता उपेन्द्र पण्डीतद्धारा महानगरको सह–सचिबमा उम्मेदवारी घोषणा गर्नु भएको छ । १२ वर्षको उमेर देखि काँग्रेसको राजनितिमा लाग्नु भएका पण्डीत पहिलो पटक पार्टीको पदका लागि उम्मेदवारी घोषणा गर्नु भएको हो ।

वि.सं. २०४६ सालमा अरुणोदय माबि गितानगरबाट आफ्नो राजनिति यत्रा सुरु गर्नु भएका पण्डीत २०४८ को निर्वाचनको समयमा प्रचार प्रसारमा खटिदाँ नेपाली सेनाको कुटाई समेत खानु प¥यो । जिल्लामा सफल युवा व्यवसायीको रुपमा परिचित पण्डीत काँग्रेसले आयोजना गरेका हरेक आन्दोलनमा अग्र मोर्चामा रहेर काम गर्दै आउनु भएको छ । बि.सं. २०६२–६३ को आन्दोलनमा नारायणगढबाट भरतपुर कब्जा गर्ने मोर्चामा अग्र भागमा रहेर काम गर्नु भएको उहाँ बिभिन्न सामाजिक संघ संस्थामा रही काम गर्दै आउनु भएको छ ।

काँग्रेसको १४ औ महाधिबेशनमा आँफु सह–सचिबमा निर्वाचित भए पार्टीलाई बिधि बिधान अन्तर्गत सञ्चालन गदै बलियो काँग्रेस बनाउने बताउनुभयो । सबैलाई मिलाएर लैजाने कुरामा कुनै कसर बाँकी नराखि पार्टीलाई बलियो वनाउने उहाँको भनाई थियो । महाधिबेशनका क्रममा मैदानमा आएका उम्मेदवारलाई सम्मान गर्ने बताउँदै उहाँले आँफु वलियो उम्मेदवार रहेको बताउनुभयो ।

अयोध्यामिडिया द्धारा संञ्चालित क्लिक खवर
अध्यक्षः सनद अधिकारी
प्रबन्धनिर्देशकः प्रस्ताब सुवेदी
र सम्पादक नारायण काफ्ले
बिज्ञापनका लागि सम्पर्कः ९८५५०५४१३५
Copyright © 2020 - www.clickkhabar.com | Powered by: Namuna Computer