चितवन, : नारायणगढ–मुग्लिन सडक खण्ड संचालनमा आएको छ ।
पहिरोको कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड १३ घण्टापछि संचालनमा आएको हो ।
भरतपुर महानगरपालिका–२९, सेतीदोभान र कालीखोलामा खसेको पहिरो विहान ९ः२० बजेपछि हटाइएपछि बाटो संचालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख भगवान थापाले जानकारी दिए । दुवै क्षेत्रमा दुइतर्फी संचालनमा आएको उनले बताए । सेतीदोभान र कालीखोलामा बिहीबार राति ८ः२० बजेको समयमा पहिरो खसेपछि नारायणगढ मुग्लिन सडक खण्ड अवरुद्ध भएको थियो । अविरल वर्षापछि खसेको पहिरोले दुवैतर्फ बाटो पूर्ण रुपमा अवरुद्ध भएको थियो ।
पहिरोको कारण रातिदेखि नै सयौं सवारी साधन बीच बाटो मै अलपत्र परेको थियो ।






