चितवनः जिल्ला अदालत चितवनले सैनिक हवल्दार भरत गुरुङ्को हत्यामा संलग्न भनिएका आरोपीतको मुद्धा सैनिक अदालतले हेर्ने आदेश गरेको छ । आज भएको थुनछेक बहसका क्रममा जिल्ला न्यायधिश हेमन्त रावलको इजलासले सैनिक अदालत पठाउने निर्णय गरेको हो । बहशका क्रममा सैनीक अदालतका वकिलले यो मुद्धा सैनीक अदालतले हेर्नु पर्ने भनेर वहस गर्नु भएको थियो । वहस संगै सैनीक अदालतबाट पत्र समेत आए पछि मुद्धालाई सैनीक अदालत पठाईएको अदालतका श्रेस्तेदार ईश्वर आचार्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार एउटै मिसिलमा अबैध रुपमा हातहतियार राखेको, हतियार चोरी गरेको र ज्यान सम्बन्धि मुद्धा भएकाले ती सबै मुद्धाको मिसिल सैनीक अदालत पठाईएको हो । भरतपुर महानगरपाकिला वडा नम्बर १७ मा मृत भेटिएका सैनिक हवल्दार भरत गुरुङको हत्या आरोपमा भरतपुर २१ का गंगाधर ढकाल पक्राउ परेका थिए । उनी दि फेमस महिन्द्र दल गण शिवपुरीमा कार्यरत सिपाही हुन् ।
भरत गुरुङ साउन ७ गते मानसिंङ चोक नजिक सिमलडाँडा खेतको कुलोमा मृत अबस्थामा भेटिएका थिए । भरतले जग्गा पासका लागि चितवन आउनुपर्ने भनेर खबर गरेपछि गंगाधरले उनलाई लिन काठमाडौं पुगेका थिए । गंगाधरको मोटरसाइकलमा चितवन आएर होटलमा बसेका थिए । भरतले बोकेर ल्याएको झोला भरतपुर(११ शारदानगर माइला बुबाको घरमा राखेर सँगै घुम्न निस्केका थिए । खाजा सहित अत्याधिक रक्सी खुवाएर गंगाधरले भरतलाई घुमाएका थिए । पिसाव फेर्ने बहानामा मोटरसाइकल झरेपछि गंगाधरले भरतलाई दायाँ कानबाट गोलि हानेर हत्या गरेर कुलोमा फालेर भागेका थिए । गंगाधारले हत्यामा प्रयोग भएको एसएमजी बन्दुक वसहजारी ताल गेट नजिक फालेका थिए । २ गते भरतको ग्लोबल बैंकको खाली चेक लिएर आएपछि गंगाधारले १ लाख आफूले राखेर आफ्नी श्रमतिलाइ ६ लाख र बुबालाई २ लाख दिएका थिए । मृतक ३६ वर्षिय भरत गुरुङ धादिङ निलकण्ठ १३ घर हो । उनी दि फेसम दल गण शिवपुरीमा सैनिक हवलदारका रुपमा कार्यरत थिए ।
उनको साथबाट सोही गणबाट हराएको एसएमजि हतियार, सैनिक कम्व्याड लगाएतका सामाग्रि समेत बरामत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !