चितवनः जिल्लामा उत्पादित तरकारी र फलफुलमा बिषादीको प्रयोग वढ्दो मात्रामा रहेको पाईएको छ । कृषि ज्ञानकेन्द्र चितवनले आज यहाँ आयोजना गरेको गत वर्षको समिक्षा एबं चालु आर्थिक वर्षको बार्षिक कार्यक्रम सार्बजनिक समारोहमा सो तथ्याङ्क सार्वजनिक गरिएको हो ।
कार्यालयका अनुसार गत आर्थिक वर्षमा जिल्लाको विषादी द्रुतपरिक्षण प्रयोगशाला क्षेत्रपुरमा परिक्षण गरिएका नमुना मध्ये १३ वटा नमुनामा बिषाधिको प्रयोग वढि भएकाले बिषर्जन गरिएको थियो । कार्यालयका पूर्ब प्रमुख एबं भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका योजना प्रमुख राजन ढकालका अनुसार १ हजार ५७ वटा नमुना परिक्षणका क्रममा १३ वटा नमुना विषर्जन गरिएको, २० वटा नमुनालाई क्वारेन्टिनमा केही समय राखेर मात्र बिक्रि बितरणका लागि अनुमति दिईएको थियो । प्रयोगशाला २ वर्ष अघि संञ्चालनमा ल्याईएको हो । अघिल्लो आर्थिक वर्षमा २ सय ९९ वटा नमुना परिक्षण गरिएको थियो । पहिलो आर्थिक वर्षमा २ वटा नमुनालाई बढि बिषादीको प्रयोगका कारण बिषर्जन गरिएको थियो भने ६ वटा नमुनालाई क्वारेन्टिनमा राखिएको ढकालले जानकारी दिनुभयो ।
गत आर्थिक वर्षमा प्रयोगशालामा परिक्षण गरिएका नमुना मध्ये सबैभन्दा धेरै काँक्रोमा बिषादी प्रयोग भएको पाईएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार ४ वटा काँक्रोको नमुनालाई बिषर्जन गरिएको थियो । यस्तौ बोडी, भेडे खुर्सानी, टमाटर, काउली, ब्रोकाउली, सिमि, घिरौला लगाएतमा बिषादीको प्रयोग वढि भएको पाईएको छ । कालिमाटी तरकारी वजार बाट समेत जिल्लाबाट गएका तरकारीमा बिषादीको प्रयोग वढि भएको गुनासो आए पछि कृषकहरुलाई गाउँगाउँमा गएर सम्झाउने र बिषादीको प्रयोगबारे जानकारी गराउने काम भएको ढकालले जानकारी दिनुभयो ।
कोरोना भाईरसको सङ्क्रमणका कारण बिदेश गएर फर्कीएका र यही रहेका युवाहरु अहिले कृषि पेशमा आकर्षित भएको कार्यालयले जनाएको छ । जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गत आर्थिक वर्षको समिक्षा गर्दै चालु आर्थिक वर्षमा कृषि क्षेत्रमा हुने कार्यक्रमका बारेमा जानकारी गराईएको थियो ।
प्रमुख डललाकोटीले बिषादी रहीत तरकारी उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । अहिले सरकारले कृषि कार्यक्रमलाई दिएको प्रथामिकताका कारण कृषिक्षेत्रको बिकास हुने देखिएको भन्दै यसको उत्थानका लागि सबै एक भएर काम गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “अबको युग प्राङ्गारीक खेतीको हो । सबैले प्राङ्गारीक मल र उत्पादनको प्रयोग गर्नु पर्छ ।” कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख युवराज पाण्डेले आगामी कार्यक्रमहरु कृषक मैत्री भएर सम्पन्न गर्ने प्रतिवधता समेत व्यक्त गर्नुभयो ।







