भरतपुर, : राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राईले रासस भरतपुर कार्यालयको अनुगमन तथा निरीक्षण गर्नुभएको छ । उहाँले मङ्गलबार कार्यालयको अवस्था र भएका कामका विषयमा जानकारी लिनुभयो ।

सो अवसरमा उहाँले सत्य, तथ्य र यथार्थपरक गुणस्तरीय समाचार सम्प्रेषणमा राससकर्मी लाग्नुपर्ने बताउनुभयो । जिल्लाका हरेक पालिकाका खबर राससमार्फत आइरहेकाले त्यसलाई अझै प्र्रभावकारी र विश्वसनीय बनाउनुपर्ने उहाँको भनाइ थियो । महाप्रबन्धक राईले राससलाई थप परिष्कृत र परिमार्जित गरी सुदृढ बनाउँदै लैजाने बताउनुभयो ।

कार्यालय प्रमुख नारायण अधिकारीले कार्यालयको भवन जीर्ण बन्दै गएकाले नयाँ भवनका लागि पहल गरिदिन आग्रह गर्नुभयो । उहाँले रासस चितवनबाट भएका काम कारवाही र गतिविधिका विषयमा समेत जानकारी गराउनुभएको थियो । निरीक्षणका क्रममा राससका प्रशासन प्रमुख उत्तम सिलवाल, सह–समाचारदाता प्रकाश सिलवालको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस !