चितवनः नेपाली काँग्रेसको १४ औं महाधिबेशन नजिकिदैं गर्दा काँग्रेस चितवनमा पनि चहलपहल तिब्र वनेको छ । काँग्रेसका नेता कार्यकर्ताहरु आफु निकटका व्यक्तिहरुलाई उम्मेदवार वनाउने र घोषणा गर्ने क्रम तिब्र बन्दै गएको छ ।
यसै क्रममा काँग्रेस चितवनको सचिब पदका लागि नेपाल शिक्षक संघ चितवनका निवर्तमान अध्यक्ष ध्रुवराज पोख्रेलले आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको छ । वि. सं. २०४४ सालबाट आफ्नो राजनैतिक यात्रा सुरु गर्नु भएका पोख्रेलले १४ औं महाधिवेशनका लागि उम्मेदवार्री घोषणा गर्नु भएको हो । वि. सं. २०४४ सालमा गोरखाको अन्नपूर्ण माध्यामिक बिद्यालयको नेपाल बिद्यार्थी संघको सदस्यता ग्रहण गरि आफ्नो राजनैतिक यात्रा सुरु गर्नुभएका पोख्रेल २०४६ सालमा नेपाल बिद्यार्थी संघ दुर्गा माबि विजयनगरको अध्यक्ष, २०४९ सालामा कृषि क्याम्पस रामपुरको नेबिसंघ सदस्य, सोही साल स्वतन्त्र बिद्यार्थी युनियनको सदस्यको उम्मेदवार, २०५३ सालामा नेपाली काँग्रेसको कृयाशिल सदस्य, २०५४ सालमा नेपाल बिद्यार्थी संघ चितवन क्षेत्र नम्बर तीनको अध्यक्ष, २०५६ सालमा नेपाल बिद्यार्थी संघ चितवनको सदस्य पदमा रहेर काम गरि सक्नु भएको छ ।
यस्तै २०६५ सालमा नेपाल शिक्षक संघ चितवनको सचिब, २०६९ सालमा नेपाल शिक्षक संघ चितवनको अध्यक्ष, २०७२ सालामा नेपाल शिक्षक महासंघ चितवनको अध्यक्ष, २०७३ सालमा नेपाली काँग्रेसको १३ औं महाधिबेशनमा निमित्त निर्वाचन अधिकृत, २०७४ सालमा नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको सचिब, २०७६ सालमा वी. पी अध्ययन प्रतिष्ठान चितवनको अध्यक्ष र हाल नेपाली काँग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान चितवनको सचिबमा रहीजिम्मेवारी पुरा गर्नु भएका पोख्रेल १४ औं महाधिबेशनमा जिल्ला सचिब पदको उम्मेदवारको रुपमा आँफुलाई अघि सार्नु भएको हो ।
स्पष्ट बक्ताको रुपमा चिनिनु भएका पोख्रेल काँग्रेसको १४ औं महाधिबेशनमा आँफुलाई बलियो उम्मेदवारको रुपमा अघि सार्नु भएको हो ।







