चितवन,: चितवनमा कारले स्कुटरलाई ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । अर्का एक व्यक्ति घाइते भएका छन् ।

राप्ती नगरपालिका ३ झुरझुरेस्थित स्थित पुर्व पश्चिम राजमार्गमा बा१९च ७९८६ नम्बरको कारले प्रदेश ३ ००३प ६८८८ र प्रदेश नम्बर ३-००२प ६४८३ नम्बरको स्कुटरलाई ठक्कर दिएको छ । कारको ठक्करबाट प्रदेश ३-००२प ६४८३ नम्बरको स्कुटर चालक खैरहनी नगरपालिका १२ का ३५ वर्षीय राजकुमार अधिकारीका ५ वर्षीय छोरा आरुस अधिकारीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका आरुसको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा ३:३५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । दुर्घटनामा मृतकका बुवा राजकुमार घाइते भएका छन् । पुरानो मेडिकल कलेजमा उपचाररत उनको अवस्था मध्यम छ । उनको दाहीने खूट्टा र मुखमा चोट लागेको छ ।

यस्तै दुर्घटनामा प्रदेश ३ ००३प ६८८८ नम्बरको स्कुटर चालक रत्ननगर १५ का १८ वर्षीय निशान भट्टराई र स्कुटरको पछाडी सवार सोही स्थानका २० वर्षीय सन्तोष पोखरेल घाइते भएका छन् । पोखरेलको अवस्था मध्यम तथा भट्टराईको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनीहरुको पनि पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

आज दिउँसो ३ :१० बजे झुरझुरे स्थित पुर्व पश्चिम राजमार्गमा भण्डाराबाट हेटौंडा तर्फ जाँदै गरेको कारले विपरीत दिशाबाट आउँदै गरेको दुई वटा स्कुटरलाई ठक्कर दिएको हो ।

प्रतिक्रिया दिनुहोस !